
नारी बाटिका
धादिङ,२१ असोज ।
धादिङको चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रममा
धादिङको सल्यान्टार स्थित चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा ४३ जनाले रक्तदान गरेका छन् । धादिङ जिल्लाको े सल्यान्टार स्थित लामो समयदेखी सहकारीको माध्यमबाट े सल्यान्टार वासीको सेवा गर्दै आईरहेको चुलिदेवी महिला सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसर पारेर आयोजित खुला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटार विशाल बजारमा सम्पन्न रक्तदान कार्यक्रममा १२ जना महिला ३१ जना पुरुष गरि जम्मा ४३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
पछिल्लो समयमा धादिङका धेरै जस्ता संघ संस्थाले आफ्नो वाार्षिक कार्यक्रमहरुमा रक्तदात कार्यलाई महत्वका साथ लिने गरेका छन् ।







प्रतिक्रिया दिनुहोस