आज: २०८२ भाद्र १, आईतबार | Sun, 17, Aug, 2025

इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउथ सहितको टोली त्यस तर्फ प्रस्थान

२०८० आश्विन २५, बिहिबार मा प्रकाशित ( १ साल अघि) ५२९० पटक पढिएको
नारी बाटिका


काठमाडौं, २५ असोज ।

हमासको आक्रमणबाट हताहत भएका इजरायलमा अलपत्र नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री साउथ सहितको टोली इजरायल तर्फ उडेको छ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्नका निमित्त परराष्ट्र मन्त्री एनपी साउद सहितको टोली आज इजरायल त्र्फ प्रस्थान गर्नु भएको छ ।

बुधबार राति नै इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज बिहीबार बिहान ४ बजे त्यस तर्फ प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जानकारी गराएको छ। उक्त जहाजले इजरायलमा अलपत्र तथा हतात भई उद्धारको लागी पर्खिरहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने तयारीका साथ प्रस्थान गरेको हो ।

त्यहाँ रहेका नेपालीको स्वदेश फर्कन चाहनेहरुलाई सरकारले इजरायलबाट हवाई खर्च बेहोर्ने भएको छ। तर गत शनिबार हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नआउने भएको छ। हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस