
नारी बाटिका
काठमाडौँ ४ चैत।
इलाम २ को उप निर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा)ले उम्मेदवार सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आगमी २०८१ सालको वैशाख १५मा इलाम(२ मा उपनिर्वाचन गर्ने जनाएको छ । सो उप निर्वाचनका लागि रास्वपाले उम्मेदवार छनोट तथा सार्वजनिक गरेको हो । निर्बाचन आयोगको आगमी चैत ‘१७ गते उम्मेदवार फाइनल गर्ने तय भएको छ ।
पार्टीले १६ गते निर्णय लिने जनाएको छ । अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका नेताको भनाई छ । रास्वपाबाट उम्मेदवार बन्न आकाङ्क्षीको संख्या ७ जना पुगेका छन् ।
उम्मेदवार छनोट गर्दा रास्पवाले प्राइमरी इलेक्सनको विधि नगर्ने जनाएको छ । कुल मतदाताको एक प्रतिशत पार्टी सदस्य नभएकाले प्राइमरी इलेक्सन हुन नसकेको रास्वपाले जनाएको छ । इलाम(२ मा एक लाख १८ हजार मतदाता छन् । प्राइमरी इलेक्सन गर्नका लागि एक हजार १८० पार्टी सदस्य हुनु पर्दछ ।
पार्टी स्रोतका अनुसार प्राइमरी इलेक्सन गर्नका लागि एक प्रतिशत पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवार तोक्न लागिएको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन तयारीका लागि रास्वपाले इलाम)२ मा खटाएको छ । रास्वपाका ६ सांसद निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग छलफल गरिएको जनाएको छ ।
इलाम २ मा इलाम नगरपालिकाको वडा नम्बर १० बाहेकका सबै वडा, देउमाई नगरपालिका,माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका पर्दछन् ।








प्रतिक्रिया दिनुहोस