आज: २०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६शुभसाइत

२०८३ आश्विन २०, मंगलबार मा प्रकाशित ( ८ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम काठमाडौं
धादिङ-२०असोज ।

यस वर्षको विजयादशमीको टीकाको लागी उत्तम साइत कार्तिक ४ गते बिहान १० बजेर २६ मिनेटको समयमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार उक्त दिन बिहान ८ बजेर ४९ मिनेटको समयमा देवी विसर्जन गरी १० बजेर २६ मिनेटको समयलाई टीका लगाउन उत्तम समय मानिएको हो ।

यसैगरी,असोज २५ गते आइतबारका दिन बिहान ११ः४७ बजेको समयलाई घटस्थापनाको शुभसाइत रहेको जनाइएको छ। असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ भने झण्डा पश्चिम मोहडा फर्काएर फेर्नु पर्ने पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको हो।

असोज २९ बिहीबार श्रीपचली भैरव यात्रा हुने र असोज ३१ गते फूलपातीका दिन श्री तुलजा भवानी यात्राको शुभसाइत शनिबार बिहान ७ः३७ बजे साथै स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजेको समयमा उत्तम रहेको छ।

साथै कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि पुजा गरिने र कार्तिक ३ गते मंगलबार महानवमी परेको परेको समितिले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑