
काठमाडौं २१ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी ((रास्वपा))को सचिवालय बैठक सुक्रबार बस्दैछ । बैठक पार्टी कार्यालय वनस्थलीमा आज (शुक्रबार ) दिउँसो साढे ४ बजे बस्ने सचिवालयले जनाएको छ ।
सचिवालयको जानकारी अनुसार बैठकमा इलाम उपनिर्वाचनमा आफ्नो पार्टीले न्युन मत ल्याएर नराम्रोसंग हार बेहोर्नु परेको विषयमा समीक्षा र आगामी कार्यदिशा तथा पार्टीभित्रको समसामयिक तथा राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
यसैगरी आगामी बैठकमा केन्द्रीय समिति बैठक सहित अन्य विविध विषयमा पनि छलफल गरिने रास्वपाको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस