
नारी बाटिका
धादिङ,२० जेठ ।
धादिङ घर भई रोजगारीका लागी टर्किमा गएकी मन कुमारी तामाङको हिजो काम गर्दैको अवस्थामा निधन भएको छ । वैदेशिक रोजगारीका लागी उनी टर्किमा गएकी थिईन् । हिजो काम गर्दा गर्दै अचानक बिहोस भएर ढलेकी थिईन् ।
वेहोस अवस्थामा मन कुमारी तामाङलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको जाईएको छ । यतिवेला उनको मृत्यु खबर जताततै सामाजिक संन्जालमा आईरहेको छ । तर उनका परिवारजनमा यो सुचना आज सम्म पनि पुग्न नसकेको हुदा मन कुमारी तामाङका घर परिवार तथा आफन्तजनमा यो खबर गरिदिन हुन सबैमा अनुरोध गरिएको छ । 
जताततै सामाजिक संन्जालमा यो सुचना आईरहेको छ । तर मन कुमारी तामाङका घर परिवार सम्पर्कमा आउन भएको छैन । यश कारण उहालाई चिन्नु हुने जो कोही महानुभाव हरुले उहाको घर परिवार सङ्ग सम्पर्क गराई दिनु हुन अनुरोध गरिएको छ ।

साथै मन कुमारी तामाङलाई नचिन्नेहरुले पनि यो सुचनालाई आफ्नो सामाजिक संन्जाल लगायतमा पोष्ट तथा सेयर गरेर घर परिवार सम्म पुराई दिनु होला भनिएको छ ।








प्रतिक्रिया दिनुहोस