आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

समानुपातिक निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको : डा.शेखर कोईराला

२०८१ अषाढ १, शनिबार मा प्रकाशित ( २ साल अघि) ११९६७ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १ असार।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव्ं नेता डा.शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। उहाँले भन्नु भयो, “नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ ।”

मधेश प्रदेश स्तरीय संविधान कार्यान्वयन सम्वन्धि नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा आज आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्नु हुदै डा.कोईरालाले यो कुरा बताउनु भएको हो ।

यस्तै नेता डा.कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । पटक(पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइ रहेको उहाँको तर्क छ ।

नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस