आज: २०८२ भाद्र ५, बिहिबार | Thu, 21, Aug, 2025

बिहिबारदेखी ३ दिन पश्चिमक्षेत्रमा भारी वर्षा, साथमा विशेष बुलेटिन

२०८१ अषाढ २१, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ७६११ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ असार ।

हाल मनसुन न्यून चापीय रेखा थप हुदा केही दिन नेपालको दक्षिण भूभाग÷सिमाना आसपास नै रहने र मनसुन अझै केही दिन सक्रिय हुने भएकाले वर्षा जारी रहने छ। बिहिबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष मौसम बुलेटिन जारी गर्दै आउँदो २३ गतेसम्मै मनसुन थप सक्रिय हुने जनाएको छ ।

साथै ठाउँठाउँमा भारी वर्षा हुने जनाएको हो । यसपटक विशेष गरी पश्चिम नेपाल क्षेत्रमा प्रभावित हुने पनि जनाइएको छ। यो अवधिमा देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस