आज: २०८२ चैत्र १२, बिहिबार | Thu, 26, Mar, 2026

१३ दिने पुण्य तिथिमा जमघट भएका स्थानीयलाई चट्याङ लागेर १० जना घाइते

२०८१ श्रावण २८, सोमबार मा प्रकाशित ( १ साल अघि) १२६५५ पटक पढिएको
नारी बाटिका


कैलाली  २८  साउन ।

चट्याङ लागेर कैलालीमा १० जना घाइते भएका छन् । आईतबार कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ पर्दा सोही गाउँकी फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी,घाईते भएका छन् ।

त्यसैगरी सोही घटनाबाट किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरकी ममता थारु घाइते भएका हुन् ।

उनीहरु स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका परिवारका व्यक्तिको १३ दिने पुण्य तिथिमा जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइते भएका उनीहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस