
नारी बाटिका
काठमाडौं १२ मंसिर ।
कपिलवस्तु, यसोधरा गाउँपालिका(७ सोमढीहस्थित सडकमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
सो स्थानमा लु।५५ प ३७३४ नम्बरको मोटरसाइकल र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा लु।५५ प ३७३४ नम्बरको मोटरसाइकल चालक यसोधरा गाउँपालिका(८ सिंहखोर बस्ने ३१ वर्षीय सब्दान हुसेन चौधरीको मृत्यु भएको हो ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अर्का युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ै यस्तै मोरङको, बुढिगंगा गाउँपालिका(५ गाउँपालिकाको भवन नजिक सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही गाउँपालिका(५ बस्ने २५ वर्षीय जलेश्वर सरदारको मंगलबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिराट टिचिङ अस्पतालमा लगिएको थियो । उपचारको क्रममा सरदारको मृत्यु भएको हो । यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका(१० बागझोडास्थित सडकमा प्र.१(०२(०४६ प ३२१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(१० बस्ने ६४ वर्षीया सीता गुरागाईको मंगलबार राति मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी झापा, शिवसताक्षी नगरपालिका(१ कमलपुलस्थित सडकमा प्रदेश १(०१(००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे।६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटना बारेप्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया दिनुहोस