
नारी बाटिका
काठमाण्डौं २० मंसिर ।
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल आउँदैछन् । अहिले बिहान ९ः५० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।
भुटानी राजा जिग्मेले स्वयम्भू र बौद्धनाथको दर्शन गरी आजै भारतको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ । उनको यो कुनै औपचारिक नेपाल भ्रमण भने होइन । तर उनी भारत भ्रमणका क्रममा नेपाल ट्रान्जिटका लागि करिब एक–दुई घण्टाका लागी मात्रै नेपालमा रहने कार्यक्रम तय भएको हो ।
छोटो समयको लागी भएतापनि भुटानी जिग्मे राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भुटानी राजाको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ ।
निकै समय अघिदेखी नै चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवादमा भारत पनि जोडिएको कारण वार्ताको लागी भुटानी राजा जिग्मे भारतको भ्रमणमा जान लागेका हुन् । भारत भ्रमणको क्रममा भुटानी राजा जिग्मेले सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मेको भारतको भ्रमण तय गरिएको बताइएको छ ।







प्रतिक्रिया दिनुहोस