आज:  | Wed, 30, Apr, 2025

राष्ट्रिय परिचयपत्रका आधारमा बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्र बैंकको निर्देशन

२८ पुष २०८१, आईतवार ०७:३७ मा प्रकाशित ( ३ महिना अघि) ३७५२ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ पुस ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सो सम्वन्धमा यसअघि पनि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो।

नेपालको भौगोलिक अवस्थाका कारण दुर्गम भेगमा बसोबास गर्ने नागरिकका लागीसमेत लक्षित गरी राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिरहेको छ।

त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टल (वैवसाइट )मार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदन बारे बुझ्न सकिने व्यवस्था पनि मिलाएको विभागले जनाएको छ।

कतिपय नागरिकले राष्ट्रिय परिचयपत्रको लागी जिल्ला प्रशासन कार्यलयमार्फत फारम भरिसकेका र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न बाँकी रहेकाहरुको हकमा भने विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर खाता खोली ग्राहकलाई सहजीकरण गर्न समेत नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकेको सूचनामा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस