
नारी बाटिका
काठमाडौं २५ चैत।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कारागार चलान गरिएको छ।
आजबाट सभापती लामिछाने रुपन्देहीको भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा चलान भएका छन् । शनिबार आईतबार दुइ दिनसम्म सार्वजनिक विदा परेकोले उनलाई सोमबार जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिएपछि आजै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनी अब पर्ख र हेर भन्नेमा कारागारमा रहने छन् । किनकी अदालतबाट आगमी फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा रास्वपा सभापती, पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर उच्च अदालतले यस आदेशलाई उल्ट्याएर लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसंगै तत्कालै उनी पक्राउ परेका थिए । दुइ दिनसम्म सार्वजनिक विदा परेकाले आज (शोमबार सरकारी कार्यलय खुल्नासाथ उनलाई कारागार चलान गरिएको हो ।








प्रतिक्रिया दिनुहोस