
नारी बाटिका
काठमाडौँ ४ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा वलीको अध्यक्षतामा बसेको राजनितिक संयन्त्रको उच्च स्तरीय बैठकमा काँग्रेसका उप सभापती र बरिष्ठ नेता गगन थापाको उपस्थिति रहेन ।
बालुवाटारमा बसेको राजनितिक उच्च स्तरीय बैठकमा संयोजक तथा काँगे्रसका प्रभावशाली नेताद्धय पार्टी उपसभापती पुर्ण व. खड्का र गगन थापाको बैठकमा सहभागिता नभइ रहँदा यता गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनु भएको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए जस्तो गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।
गृह्रमन्त्री लेखक भन्नु हुन्छ, ‘हाम्रो बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो भन्ने कुराहरु असत्य हुन । दुई पक्षका नेतासहित आज विशेष छलफल गर्नको लागी बैठक बसेका छौं ।’
उहाँले शिक्षकको आन्दोलनको विषयमा समान्य छलफल भएको जानकारी दिनु भएको छ । आगामी संसदको अधिवेशनबाट शिक्षकको समस्या समाधान गरिने सरकारको तयारी रहेको पनि बताउनु भयो।








प्रतिक्रिया दिनुहोस