नारी बाटिका
कञ्चनपुर – २९ असार ।
सुदुरश्भिम प्रदेश लगायतका क्षेत्रमा अत्याधिक रुपमा जरो गाडेको छाउपडी पर्था अन्त्य गर्ने सरकारको नारा केबल नारा मै सिमित भएको छ । महिलाको प्रजनन् चक्र मैनावारी तथा सुत्केरी भएका समयमा घरमा सुत्न नहुने प्रचलनले कयौं नारीको अकालमै ज्यान जाने घटना नौलो भएन ।
यस्तै भएको छ कञ्चनपुरमा ? शनिबार छाउपडी गोठमा सुतेकी सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट मृत्यु भएको हो।
हिजो राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर कमलाको उपचारकको क्रममा मृत्यु भएको हो ।
स्थानीयका अनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन्। उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी हुन्।
आफ्नै पक्की घर हुंदा पनि अन्धविश्वास र गलत सामाजिक परम्पराले छाउ गोठमा सुत्नु पर्ने उनको बाध्यता थियो । छाउ गोठमा सुत्न परेकै कारण लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सर्पदंशबाट अकालमा गएको हो।








प्रतिक्रिया दिनुहोस