आज: २०८२ चैत्र ३, मंगलबार | Tue, 17, Mar, 2026

रास्वपाले हस्ताक्षर गर्दै ३७ लाखभन्दा बढीको चन्दा रकम अशुली

२०८२ अषाढ ३०, सोमबार मा प्रकाशित ( ८ महिना अघि) १०७२७ पटक पढिएको
नारी बाटिका


काठमाडौं -३० असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवी लामिछान विरुद्ध सहकारीको रकम ठगी प्रकरणमा नभई राजनितिक प्रतिशोधको कारण कारवाही भएको भन्दै नागरिकको समर्थन जुटाउन लागिरहेको छ ।

सो कार्यका लागी जनसमर्थन खोज्दै सुरु भएको हस्ताक्षर अभियानमा नागरिकबाट रु, ३७ लाखभन्दा बढी रकम पनि अशुली गरेको हो। आफ्नै पार्टी सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध भएको ठहर गरी पार्टी केन्द्रीय कमिटिले अभियान चलाएका हुन् ।

अदालतको आदेशमा हाल सभापति लामिछाने कारागारमा छन् । सोही विरोधमा राष्ट्रिय स्वतन्त्र रास्वपाले असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर माइतीघर मण्डलाबाट हस्ताक्षरसँगै क्यूआर कोडबाट रकम उठाउने अभियान थालेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस