आज:  | Mon, 21, Jul, 2025

अड्कियो शिक्षा विधेयक,मिडिया काउन्सिल विधेयक अघि बढ्दै

४ श्रावण २०८२, शनिबार १४:५३ मा प्रकाशित ( २ दिन अघि) १३०३ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौं ३ साउन ।

मिडिया काउन्सिल विधेयकमाथि छलफल सुरु गर्ने भएको छ।

फेरी पनि शीर्ष तहमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकलाई स्थगित गर्दै सहमति नजुटेपछि समितिले मिडिया काउन्सिल विधेयक आइतबार छलफलमा लैजाने निर्णय गरेको हो।

अहिले कै अवस्थामा विद्यालय शिक्षा विधेयक पारित भएको खण्डमा शिक्षकको बढुवा, स्थायित्व, औसत अंक जस्ता विषयमा विवादित बनेको छ। शिक्षा मन्त्री रघुजी पन्तले धेरै पटक समय माग्दै विधेयक अगाडि बढाउन ढिलाइ गर्दै आउनु भएको आरोप लागेको छ ।

प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम हुन नसक्दा असार १५ गतेभित्र पारित गर्ने सहमति भए पनि विधेयक अड्किएको हो।तर मिडिया काउन्सिल विधेयक भने राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगिसकेको छ।

प्रेस काउन्सिललाई रूपान्तरण गरी स्वायत्त मिडिया नियामक निकाय बनाउन विधेयक ल्याउन लागिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस