आज:  | Wed, 23, Jul, 2025

किशोरीको डिम्ब चोरीको कारोबारी फस्टाउँदै, महिलामा बाँझोपनाको चिन्ता

७ श्रावण २०८२, मंगलवार ०९:०१ मा प्रकाशित ( १ दिन अघि) १४५८ पटक पढिएको
नारी बाटिका


कानुनी कमजोरी र फर्टिलिटी क्लिनिकको मनपरी

नारी संन्चार संवाददाता
धादिङ- ६ साउन ।

हालै सार्वजनिक रुपमा खुलेको किशोरीको डिम्ब चोरीको घटनाले बच्चा जन्माउने उमेर भएका विवाहित किशोरीमा चिन्ता बढेको छ । बिमारी भएर अस्पतालमा चेकजाँच गराउने क्रममा निजलाई झुक्याएर किशोरीको डिम्ब चोरी हुने रहस्य खुलेको हो । यस घटनाले महिलामा बाँझोपना हटाउने नाममा ठगी धन्दा चलाउँदै आएका व्यक्तिहरु र सरकारका बीचमा ठूलो खैला बैला मच्चिएको छ ।

पेशेवर आईभीएफ सेन्टरका नाममा गैह्रकानूनी धन्दा चलाउँदै आएका स्वास्थ्य क्षेत्रमा हलचल मच्चाएको पुष्टी भएको हो । किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारी तथा निज व्यक्तिलाई थाहै नदिइ डिम्ब (अन्डा) चोरी गरी अवैध रूपमा कारोबार गरेको खुलेसंगै होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकविरुद्ध प्रहरीले छापा मारेको छ ।

साथै उक्त क्लिनिकलाई बालबालिका ऐन, २०७५ अन्तर्गत मुद्दा दर्ता गरेको हो । यस घटनाले नेपालमा ‘डिम्ब दान’ सम्बन्धी स्पष्ट कानुनी मापदण्डको अभाव र स्वास्थ्य जोखिमका विषयमा गम्भीर बहसको खाँचो पनि औँल्याएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार, १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई पैसाको लोभ देखाई डिम्ब निकालिएको र त्यसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्यमा परेको पुष्टि भएपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार यस कार्यमा संलग्न डा.स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई बालबालिका ऐन, २०७५ को दफा ६६ अनुसार मुद्दा चलाइएको र प्रारम्भिक अनुसन्धानमा जस्टिना प्रधानले बिचौलिया भूमिका निर्वाह गर्दै किशोरीहरूलाई क्लिनिकसम्म पुर्याउने र त्यसवापत कमिसन लिने गरेको खुलेको हो ।

पहिलेदेखि यस घटना हुदै आएपनि हालसम्म गुपचुप रुपमा चल्दै आएको यो धन्दा हालै मात्रै पीडित दुई किशोरीहरूले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु भएको हो । यस घटनाका पिडित किशोरीहरू महिनावारी नहुने, अत्याधिक पेट दुख्ने जस्ता समस्याहरू देखिएपछी उनीहरुको स्वास्थ्य चेकजाँच गर्ने क्रममा यो रहस्य खुलेको प्रहरीले जनाएको छ ।

पिडितहरूको भनाइ अनुसार, क्लिनिकले प्रति किशोरी १० हजार रुपैयाँ दिँदै नौ देखि दस दिनसम्म हर्मोनल इन्जेक्सन लगाउँने र त्यसपछि सामान्य शल्यक्रिया गरी डिम्ब निकालिएको उजुरीमा उल्लेख गरिएको छ ।

स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार २०७० सालमै ऐन बनाउँन मैले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको हो वास्ता गरिएन । किड्नी, आँखा जस्तै ओभम लिन मिल्ने कानुन बनाउँनु पर्छ । जस्ले दान गर्छ उ परिपक्व व्यक्ति हुनुपर्छ । क्रितिम हाईपर स्टीमीलेसन भन्ने हुन्छ । ओभम बनाउँन औषधि दिएर बनाउँने हो ।

ओभम इन्जेक्सन दिएर बनाउँने हो । धेरै बनाउँन ओभरियम हाइपर इभरीलेसन सिन्डम भनिन्छ । क्यूरेड गर्ने जस्तै गरी लठ्याउँदा तल्लो पेट दुख्ने र मानसिक समस्या हुन सक्छ । सरोगेसीको बारेमा पनि कानुन छैन ? ओभम डोनेसनको पनि कानुन बनाएको छैन । टेष्टुबेबी र सरोगेसी नेपालीहरुका लागि बनाउँन पर्छ भनेर मैले स्वास्थ्य मन्त्रालयमा हुँदा भनेको हो ।

डा. गौतम भन्नु हुन्छ तर नियमावली बनेर आउँदा नेपालीलाई हैन विदेशीको लागि सरोगेसी भनेर आउँदा निकै ठूलो विवाद भयो र कतिले बच्चा नै जन्माएर विदेश लगे । अहिले त्यो समस्या जहाँको तही छ समाधान भएको छैन।

त्यसैले यस्ता बिषयमा कानुन बनाएर दान गर्न सक्नेलाई रक्तदान, आँखा दान गरे जस्तै अण्डा दान गर्न पाउने व्यवस्था भयो भने समस्या नै आउँदैन । नेपालमा डिम्ब दान सम्बन्धी न त स्पष्ट नियमावली छ, न त गाइडलाइन । यसका कारण आईभीएफ क्लिनिकहरूमा गैह्रकानूनी काम गरेरै भएपनि सन्तान नहुने महिलाका लागी डिम्व किनेर सन्तान प्राप्त गर्ने काम गराउँदै आएका छन् ।

नेपालमा आईभीएफ क्लिनिकहरू खुलेसँगै डिम्ब दान र किनबेचको चलन बढ्दै गएको छ । तर कानुन नहुँदा नाबालिगमाथि शोषण भएको छ । स्वास्थ्य मन्त्रालयले यस घटनालाई गम्भीरताका साथ लिँदै डा.ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । तर अदालतले उनीहरूलाई हाजिरी जमानीमा छाडेको छ । डिम्ब कारोबारसम्बन्धी स्पष्ट कानुन नहुँदा अदालतले कडा कारबाही गर्न नसकेको हो । यता सीआईबीले अनुसन्धान अगाडि बढाएको छ र अन्य फर्टिलिटी क्लिनिकहरू पनि निगरानीमा राखिएको जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस