आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२०८२ भाद्र २, सोमबार मा प्रकाशित ( १ दिन अघि) १३०३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम संवाददाता

काठमाडौं २ भदौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सबइन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा र योजना शाखा प्रमुख नवीन बुमी, जवलधारा पीसीसी सडक निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाईविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै आयोगले सडक अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य पुने शाही, गाउँपालिका वडा–१ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीलाई प्रतिवादी बनाएको छ । आर्थिक वर्ष २०७७(०७८ मा गाउँपालिका–१ स्थित पीसीसी सडक निर्माण योजनामा कामभन्दा बढी मूल्यांकन गरेर भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरु विरुद्धमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनु भयो ।

आ।व। २०७७(०७८ मा सोरु गाउँपालिका वडा नं.१ स्थित जवलधारा पी.सी.सी.सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछी अनुसन्धान गर्दा आयोगले भ्रष्टाचार गरेको तथ्य पत्ता लगाएको थियो ।

गत आ.व. २०७७(०७८ को मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पी.सी.सी.सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम ३६ लाख ४० हजार रुपियाँ र योजना सम्झौता बमोजिम जन श्रमदान ३ लाख ७३ हजार ४ सय ३९ रुपियाँ ४४ पैसा गरी उक्त सडक निर्माणको कुल लागत अनुमान ४० लाख १३ हजार ४ सय ३९ पैसा ४४ रुपियाँ रहेको थियो ।

साथै उक्त कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भई कार्यदेश दिएको थियो । उक्त सडक निर्माणको अनुमान अनुसार कार्य नगरी वास्तविक कामभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको अख्तियारले पत्ता लगाएको हो । कार्य सम्मन्नमा बजेट नपुगेको भन्दै थप ७ लाख ६ हजार ७ सय ९९ रुपियाँ बढी लिएको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस