आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

२०८२ आश्विन ५, आईतबार मा प्रकाशित ( ४ महिना अघि) ५४२६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ६ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्न भएको छ ।

उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भईसकेको र प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक नेपालको संविधान बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस