आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

उज्यालो पर्वको रुपमा मनाईने तिहार आजबाट मनाईँदैछ ।

२०८२ कार्तिक २, आईतबार मा प्रकाशित ( ६ दिन अघि) २५१२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -३१ असोज ।

आजबाट तिहारको यमपञ्चक सुरु भएको छ ।

उज्यालोको पर्वका रूपमा लिइने चाड तिहारको यमपञ्चक खुशी र हौसल्लाको साथ शनिबारदेखि सुरु भएको हो ।

नेपालीहरुको दोस्रो ठूलो पर्वका रुपमा रहेको तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । यस वर्षामा भने तिथि घटबढका कारण भाईटिकाको छ दिन अगावै बाट तिहारको यमपञ्चक सुरु भएको छ ।

पहिलो दिन शनिबार धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइयो भने आज दोस्रो दिन काग तिहार मनाईदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमदीपदान पनि शनिबारदेखि नै सुरु भएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा.देवमणि भट्टराईले आइतबार काग तिहार परेको बताउनु भयो ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे मानिसलाई यमयातनाबाट मुक्ति पाइने शास्त्रीय विश्वास छ । धनवन्तरी जयन्ती पनि आजै परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यसैगरी भोली कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि सुरुहुने भएकाले लक्ष्मीपूजा पनि सोही दिन परेको बताउनु भयो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म मात्रै छ ।

यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । जसका कारण उक्त सार्वजनिक विदापनि हालसम्म निर्णय भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस