
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ ७ वैशाख ।
विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धलाई लिएर गृहमन्त्री सुधन गुरुङ हाल चौतर्फी रुपमा आलोचित भएका छन्। उक्त प्रकरणसमेतको विषयले पार्टीभित्रै बाटपनि राजीनामाको दबाब बढेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको एक विस्वासपात्र मानिने गृहमन्त्री गुरुङ विवादास्पद ‘नेक्सस’ प्रकरणमा हाल प्रहरी हिरासतमा रहेका भट्टसँगको सम्बन्धको कारण आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिकहरुबाट समेत आलोचित बनेका हुन् ।
यस्तो छ उनीमाथीको विवादको जड ,
व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी रहेका वर्तमान सरकारका गृहमन्त्री गुरुङमाथि लागेको मुख्य आरोप सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका भट्ट समूहको सेटिङमा रहेको लघु बिमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत सेयर तथा लगानी रहेको तथ्य बाहिरिएको हो।
यस्तो तथ्य बाहिरिएपछी अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार भई लगानी गरेको तथ्य बाहिरिनुले न्यायिक निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ। विशेष गरी ‘भदौ २३ । २४ को जेनजी मुभमेन्ट नेपाल’ लगायतका विभिन्न समूहले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
पार्टीको छवि र नीतिविपरीत काम गरेको भन्दै रास्वपाभित्रै गृहमन्त्री गुरुङको आलोचना भइरहेको एक स्रोतले बताएको छ। यसअघि नै पार्टीका केही मन्त्रीहरूलाई विवादमा तानिएपछी बर्खास्त गर्न सिफारिस गनेको रास्वपा सभापति रवी लामिछानेले गृहमन्त्री गुरुङको विवादास्पद र चौतर्फी आलोचित यस विषयलाई कुन रुपमा लिएर सभापति लामिछाने तथा रास्वपा अघि बड्छ भन्ने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राजीनामाको दबाब मत्थर पार्न र आफ्नो बचाउका लागि गृहमन्त्री गुरुङ आइतबार राति अबेर रास्वपा सभापति रवि लामिछानेको निवास बुढानीलकण्ठ पुगेका थिए। स्रोतका अनुसार, लामिछानेले गुरुङलाई तत्काल राजीनामा दिनुको सट्टा पार्टीको आगामी बैठकमा आफ्नो स्पष्टीकरण राख्न सुझाव दिएका छन्।
तर गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहको निकै विश्वासपात्र मानिएका कारण उनको गृह्रमन्त्री बचाउन प्रधानमन्त्री शाहको मौनता रहेको भनेर पनि विश्लेषण गर्न थालिएको छ । यद्यपि, वर्तमान सरकारको ‘भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता’ को नीति र गृहमन्त्रीमाथि उठेको यो गम्भीर प्रश्नले प्रधानमन्त्री शाहलाई समेत रक्षात्मक बनाएको छ।
राजीनामा दिने वा पदमै रहेर अनुसन्धानमा सघाउने भन्ने
यतिबेबला गृहमन्त्री गुरुङमाथीको यस विषयले नेपाली राजनीतिमा थप बहस सिर्जना गरेको छ। घटनाको अनुसन्धान गरिरहेको निकाय र राजनीतिक नेतृत्वको निर्णयले आगामी दिनमा सरकारको स्थिरतामा कस्तो प्रभाव पार्छ, त्यो भने रास्वपाले लिने निर्णय र प्रभावशाली प्रधानमन्त्री बालेन शाहको आगमी कदममा निर्भर रहन्छ।








प्रतिक्रिया दिनुहोस