
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -७ कार्तिक ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दुर्गा प्रसाईलाई जथाभावी नबोल्न चेतावनी दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मन्त्री पुनले भनेका छन्,बिनाप्रमाण जथाभावी नबोल्न प्रसाईँलाई चेतावनी देएिका हुन् । “ मन्त्री पुनले स्टाटसमा लेखेका छन् दुर्गा भाई, बिनाप्रमाण व्यक्तिहरूलाई दोषारोपण गर्दा भविष्यमा घाटा अरूलाई नभई आफूलाई नै हुनेछ।
उनले सामाजिक संन्जालमार्फत नै दुर्गा प्रसाईँको भनाईप्रति आपत्तिसमेत जनाउँदै भनेका छन् डा.सन्दुक रुइतजस्ता विश्व प्रसिद्ध आँखाका चिकित्सक र समाजसेवीलाई बदनाम गर्नु अनावश्यक र गलत हो।
दुर्गा भाईलाई सबैले चिन्नु पर्ने भएको छ।”दुर्गा प्रसाईले हालै डा. सन्दुक रुइतबारे दिएको विवादास्पद अभिव्यक्तिपछि मन्त्री पुनको टिप्पणी आएको हो।








प्रतिक्रिया दिनुहोस