
नारी बाटिका
नारी वाटिका संवाददाता
बुटवल -१३ कार्तिक ।
लामो समयदेखी विद्युत महशुल नतिरेपछी प्राधिकरणले गरेको विद्युत कटौतीको विरोध कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
गौतम आज वुटवलस्थित विरोध धर्नामा बोल्दा बोल्दै अचानक भुईँमा ढलेका उनलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईए लगतै मृत्यु भएको थियो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।
धर्नामा बोल्दा बोल्दै उनी केही आक्रोशित शैलीमा प्रस्तुत भएका थिए । सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए । श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो ।








प्रतिक्रिया दिनुहोस