आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

विद्युत् कटौतीको विरोधमा बोल्दा बोल्दै ढलेका जिफन्टका उपाध्यक्षको निधन

२०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ( ५ घण्टा अघि) १५८२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बुटवल -१३ कार्तिक ।

लामो समयदेखी विद्युत महशुल नतिरेपछी प्राधिकरणले गरेको विद्युत कटौतीको विरोध कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।

गौतम आज वुटवलस्थित विरोध धर्नामा बोल्दा बोल्दै अचानक भुईँमा ढलेका उनलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईए लगतै मृत्यु भएको थियो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।

धर्नामा बोल्दा बोल्दै उनी केही आक्रोशित शैलीमा प्रस्तुत भएका थिए । सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए । श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस