आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

आज महाशिवरात्री पर्व भगवान शिवको पुजा आरधना गरी मनाइँदै

२०८२ फागुन ३, आईतबार मा प्रकाशित ( ३ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ  -३ फागुन ।

आज महाशिवरात्रि पर्व भगवान शिवको पुजा आरधना गरी मनाईँदै छ । चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनु पूर्वको रातलाई शिवरात्रि भनिन्छ, । विशेषगरी हिन्द ुधर्मालम्वीहरुले भगवान शिवको पुजा आरधना गरी यस पर्व मनाउँदै छन् ।

हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक तथा सांस्कृतिक महत्त्व विशेष छ । धार्मिक मात्रै नभइ आजको रात वैज्ञानिक रूपमा पनि पृथ्वीको उत्तरी ध्रुव फरक तरिकाले रहने र पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने पुष्टी गरिएको दिन हो आज ।

वैज्ञानिकहरुले यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने शक्ती भएको बताउँछन् । यसै आध्यात्मिक शक्ति, आकर्षण र महोत्वलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने धार्मिक,सांस्कृतिक प्रचलको रुपमा वैज्ञानिक व्याख्याहरुले पुष्टी गरिएको पाइन्छ ।

यसै पर्वको पावन अवसरमा आज आराध्यदेव भगवान श्री पशुपतिनाथ क्षेत्रमा साधु सन्तको भिडभाड छ। महाशिवरात्रीमा पशुपतिनाथको दर्शनका लागी नेपाल तथा भारतका विभिन्न ठाउँबाट ४ हजारभन्दा बढी साधुसन्त र नागा बाबाहरू आइपुगेका छन्।

विशेषगरी भारतका विभिन्न प्रान्तबाट सयौँ नागा बाबाहरु आउने गर्दछन् । उनीहरूले बाल्ने धुनीले पशुपति क्षेत्रमा फरक र आध्यात्मिक वातावरण देखिने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस