आज: २०८२ चैत्र २२, आईतबार | Sun, 05, Apr, 2026

आज देशका यी भुभागमा हुरीबतास,मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना

२०८२ चैत्र २२, आईतबार मा प्रकाशित ( १५ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२२ चैत ।

हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही क्षेत्रमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भूभागमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। यस्तै आज देशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ,असिना हुरीबतास सहितको मध्यम वर्षा र हिमपात हुनेछ ।

त्यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि हुरीबतासको सम्भावना छ ।

आज राति पनि हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

साथै मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हुरी बतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस