
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२४ असार ।
सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्तामा तह अनुसार तीन हजारसम्म बढाउने भएको छ।
सरकारले स्वीकृत गरेको १० औँ संशोधन(शिक्षा नियमावली २०८३ अनुसार अब प्रधानाध्यापकले एक हजारदेखि तीन हजारसम्म थप भत्ता पाउने व्यवस्था गर्न लागिएको हो।
यसअघि सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकले मासिक पाँच सय रुपैयाँ मात्रै भत्ता पाउने गरेकोमा तह अनुसार अबदेखि तीन हजारसम्म पाउने भएका छन्। यसअघि निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई मासिक तीन सय रुपयाँ मात्रै उपलव्ध गराउँदै आएकोमा अबदेखी नि.मा.वि.का प्र.अ.मासिक दुई हजार पाउने छन्।
त्यस्तै यसअघि प्राथमिक तह विद्यालयका प्रधानाध्यापकले मासिक दुई सय भत्ता पाउँदै आएकोमा अब उप्रान्त प्रा.वि.का प्रधानाध्यापकले मासिक एक हजार भत्ता पाउने भएका छन्।












प्रतिक्रिया दिनुहोस