
बिबियु,नारी वाटीका डट्कम
धादिङ,२१असोज ।
नेपाल सरकारले अध्यादेश मार्फत कानुन संशोधन गर्नको लागी तीन वटा अध्यादेश जारी गर्न प्रमाणीकरणका लागी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी, वन सम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
भदौ १० मा रसुवा भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण पुऱ्याएको ठुलो धनजनको क्षतिबाट उत्पन्न समस्या समाधानका लागि विपद्सम्बन्धी ऐनलाई संशोधन गर्न लागिएको प्रवक्ता पोखरेलले बताए।
यसैगरी,हाल विद्यमान कानुनमा प्राकृतिक तथा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था रहेकोले उक्त व्यवस्थालाई परिमार्जन गरी समय सापेक्ष बनाउन लागिएको हो।
हालको भएको कानुनी व्यवस्थालाई परिमार्जन गरेपछी विपत्का पीडित परिवारलाई राहत, क्षतिपूर्ति, बीमा तथा सम्पत्ति हकदाबी जस्ता प्रक्रियामा वर्षौंसम्म कानुनी र व्यावहारिक जटिलतालाई सहज बनाउन पर्ने आवश्यकता रहेको सरकारको निष्कर्ष रहेको छ ।
साथै सरकारले पेश गरेको यस सिफारिसलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि उक्त अध्यादेशहरूलाई तत्कालै कार्यान्वयनमा ल्याईने र लागु गरिने तयारी गरेको छ ।












प्रतिक्रिया दिनुहोस