आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन

२०८३ श्रावण ४, सोमबार मा प्रकाशित ( २२ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ- ४ साउन ।

सातामा दुइ दिनसम्म सार्वजनिक विदा दिइँदै आएको बालेन नेतृत्वको सरकारले हाल सार्वजनिक विदा घटाउन होमवोर्क गर्न थालेको छ ।

सार्वजनिक विदा घटाउने विषयमा अध्ययन गर्न शोमबार सरकारका सचिवहरूको बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको आजको बैठकमा सातामा दुई दिन बिदा थपिएकाले अन्य बिदाहरू कटौती गर्न कार्यदल गठन गर्ने निर्णय भएको बताइएको छ।

गृह मन्त्रालयका सहसचिव संयोजक रहने गरी गठन हुने अध्ययन कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने भएका छन्।

साथै उक्त कार्यदललाई सो सम्वन्धि अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन गरिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस