
बिबियु, नारी वाटिका डट्कम
धादिङ- ४ साउन ।
पृथ्वीराजमार्गको जवाङ खोलामा पहिरो खसेर अवरुद्ध भएको मुग्लिङ,काठमाडौं सडकखण्ड केही बेरअघि खुलेको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा आइतबार बिहान ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।
विगत केही दिनदेखी अविरल वर्षाले आएको पहिरोले सडक पूर्ण रूपमा क्ष्ति पुर्याउनुको साथै यातायात संन्चालनमा अवरुद्ध बनेको थियो। उक्त क्षेत्रमा माथिबाट निरन्तर पहिरोसँगै ढुङ्गा झरिरहेकाले पहिरो पन्छाउन समेत निकै कठिनाइ भएपछि सडक अवरुद्ध बनेको हो ।
जेसिवीको प्रयोग गरी पहिरो हटाएर अवरुद्ध सडक सुचारु गरिएको हो । अविरल वर्षाका कारण उक्त स्थानमा निरन्तर खसिरहेको लेदोसहितको पहिरोेले सडक खुलाउन करिब ६ घण्टासम्म गरिएको प्रयासपछि सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस