आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

मुग्लिङ–नारायणगढ सडकको जुगेडीमा भएको ट्रक दुर्घटना अपडेट

२०८३ श्रावण १८, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१८ साउन ।

चितवन जिल्लाको भरतपुर म.न.पा.वडा न.२९ भतेरी डाँडा मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा ट्रक दुर्घटना भएको छ ।

आज विहान अन्दाजी ११ः५५ बजेको समयमा नारायणगढ बाट मुग्लिङ तर्फ आउँदै गरेको लु २ ख ७१६ न.को (खुद्रा सामान )लिएर आउँदै गरेको ट्रक आफै अनियन्त्रित भई सडक देखि अ.१० मि. तल खसेको थियो ।

दुर्घघनामा परेको ट्रकमा क्षति भएको, बाटो अवरोध नभएको, ट्रक घटनास्थलमा निकाल्ने पहल भइरहेको ,ट्रक चालक घाइते भई उपचारको लागि भरतपुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी प्रमुख दिल खड्काले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस