आज: २०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

रास्वपा उपसभापतिमा कुमार बेन र महामन्त्रीमा सुनिल लम्साल सिफारिस

२०८३ आश्विन २०, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) २४९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम

धादिङ -२० असोज।
,
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सम्पन्न भएको करिब चार महिनापछि बाँकी रहेका प्रमुख पदाधिकारी पदहरू पूर्ति गर्ने तयारी गरेको छ।

रास्वपा सभापति एव् नेता रवी लामिछानेले पार्टीभित्रको आन्तरिक संवाद र राजनीतिक भागबण्डाको टुंगो लगाउन प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उहाँकै मुख्य सल्लाहकार कुमार बेनलाई उपसभापति पदमा मनोनयन गर्ने तयारी गर्नु भएको हो ।

स्रोतका अनुसार रास्वपा सभापति लामिछानेले पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई पनि महामन्त्रीमा मनोनयन गर्न प्रकृया अगाडि बढाउनु भएको हो ।

रास्वपाको गत असारमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीलाई दिर्घकालिन स्वरुप दिन सभापति पदमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम तथा महामन्त्री पदमा विपिन आचार्य निर्वाचित गरी सभापति लामिछानेको नेतृत्वमा कुल १९ जना पदाधिकारी र १५८ सदस्यीय केन्द्रीय समिति रहन गरी व्यवस्था गरेको थियो ।

रास्वपाको संशोधित विधान अनुसार पार्टीमा सभापतिलाई केन्द्रीय सदस्यहरू मध्येबाट निश्चित पदाधिकारी मनोनयन गर्ने विशेषाधिकार समेत प्रदान गरेको कारण सभापतिले मनोनयन गर्न लाग्नु भएको हो ।

पार्टीको विधान बमोजिम उक्त कोटामा १ जना उपसभापति, १ जना महामन्त्री, २ जना सहमहामन्त्री, १ जना प्रवक्ता, ३ जना सहप्रवक्ता, १ जना कोषाध्यक्ष र २ जना सहकोषाध्यक्षसमेत गरी कुल १२ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ।

यसअघि वरिष्ठ नेता बालेन शाहको सिफारिसमा महामन्त्री पदका लागि भूपदेव शाहलाई नियुक्त गर्ने आन्तरिक सहमति भएको थियो।

तर, पार्टीभित्र आन्तरिक छलफलका क्रममा शाहको नाममा केही प्राविधिक तथा राजनीतिक असहमतिहरु बड्दै गएकाले उनको मनोनयन रोकिएको थियो।

रास्वपाको कुल १९ सदस्यीय पदाधिकारी संरचनामा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गर्न लागिएको यो मनोनयन प्रक्रिया सकिएसँगै रास्वपाले आफ्नो केन्द्रीय सांगठनिक ढाँचालाई पूर्णता दिने भएको हो ।

आगामी सरकार तथा पार्टी सञ्चालनलाई थप सशक्त र व्यवस्थित रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑