
बिबियु,नारी वाटीका डट्कम
धादिङ-२१असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ। सभापति पदका लागी गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको कारण उहाँ निर्विरोध निर्वाचित भइसक्नु भएको छ । यस्तै महिलातर्फको उपसभापति पदका लागी काँग्रेसकी कुशल नेतृ पुष्पा भुसालको उम्मेदवारी परेको परेको हो ।
खुलातर्फमा पनि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको यसै १५ औं महाधिवेशनले विधान संशोधन गरी ४ उपसभापति रहन सक्ने व्यवस्था गरेकाले जसमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा.मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा.चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।
समावेशीतर्फ पनि ५ जनाको उम्मेदवारी परेको छ । जसमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्ण रहेका छन् ।
त्यसैगरी,खुला महामन्त्रीमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा प्रदिप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा सुनिल शर्मा, डा सन्तोष उपाध्याय छन् ।
यता महिला महामन्त्रीमा पनि ३ जनाको उम्मेदवारी परेको छ । जसमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल रहेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको पुर्व कार्यतालिका अनुसार अधिवेशन असोज २२ गतेसम्म चल्ने छ ।












प्रतिक्रिया दिनुहोस