
बिबियु,नारी वाटिका डट्कम
धादिङं -२२ असोज ।
चाडबाड नजिकिँदै गर्दा देशभरमा अनलाइन ठगीका घटनाहरू बढ्दै गएकाले नेपाल प्रहरीले अनावश्यक रूपमा सामाजिक संन्जालमा नअल्झिन सुझाव दिएको छ ।
ठगी गर्ने गिरोहले सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्क विहीन हुने गरेको ठगीका घटनाहरु बढ्दै गएपछी नेपाल प्रहरीले यस तर्फ सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो ।
पछिल्लो समयमा विशेषगरी पोखरालगायतका देशका विभिन्न स्थानमा यस्ता ठगीका घटनाहरु बढेकोले जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समयमा अनलाइनबाट आफुलाई आवश्यकता अनुसारको सामानहरु मगाउने प्रचलन बढेको छ भने यसको फाईदा उठाउँदै गिरोहले प्रविधिलाई दुरुपयोग गरी ठगी गर्ने क्रम पनि ह्वात्तै बढेको प्रहरीका दाबी छ।
छिटो र छरितोको लागी हिजो आज सामान किनमेल गर्न घरमै बसेर मोबाइलमार्फत अर्डर गर्ने घरमै सामान प्राप्त हुने भएकोले धेरैजसो सामानहरु अनलाईन बाटै मगाउने गरिन्छ । तर यसरी अनलाईनबाट किनमेल गर्दा गत वर्षको तुलनामा यसवर्ष अनलाइन ठगीका घटनाहरू निकै बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डीएसपी) वीरेन्द्र पासवानले जानकारी दिनु भयो । ।
कास्की प्रहरीका अनुसार केही दिनअघि पोखराका एक पीडितले ‘सन्ध्या कलेक्सन ३५’ नामक टिकटक आइडीबाट अनलाईन सामान किन्ने क्रममा ४ लाख ४२ हजार रुपैयाँ ठगी गर्ने गिरोहले ठगी गरेको घटना सार्वजनिक भएसंगै अनलाईन विज्ञापनलाई विस्वास नगर्न प्रहरीले सर्तक रहने सुझाएको हो ।
यसरी पीडितलाई सामान्य ५ सय रुपैयाँको कुर्था खरिद गर्ने क्रममा ‘अग्रिम भुक्तानी’को प्रलोभन देखाई पटक–पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइएको बताएको छ । सोही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले धनगढीबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरी कारवाही अघी बढाएको छ।
प्रहरीले अनलाइन सपिङ गर्दा विशेष सावधानी अपनाउन र साइबर क्राईमबाट बच्न उपभोक्ता आफैँ सचेत हुनु पर्ने जनाएको छ । दर्ता नभएका अनलाइन पसलहरूलाई विश्वास नगर्ने, जथाभाबी अग्रिम रकम नपठाउने र शंकास्पद अफरहरूमा विस्वास नगरी सतर्क रहेमा मात्रै यस्ता ठगीबाट बच्न सकिने प्रहरीको सुझाब छ।












प्रतिक्रिया दिनुहोस