
नारी वाटिका डट्कम
धादिङ -२० कात्तिक ।
पुरा कार्यकाल नसकँदै पदबाट हटाइएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) कार्कीले आफूविरुद्ध सरकारले अन्याय गरेको महशुस गरी आफ्नो पदको पुर्रवहालीका लागी सर्वोच्चमा रिट लिएर गएका भएपनि उनको रिट सर्वोच्चले दर्ता गरेको थिएन ।
तर गत भदौ २३ २४ को जेनजी आन्दोलनका समयमा देशमा भएको खरबौंको सरकारी सम्पत्तिको क्षति र देशका देखिएको हिंसात्मक घटनाका कारण डर,त्रासमा बाँचिरहेका नागरिकको सुरक्षा लगायतमा निकै सहास र अब्बल रुपमा काम गरेको नागरिकहरुको भनाई छ ।
उचित कामको मुल्याङकन हुनुको साटौ उल्टै सरकारले आईजीपीबाट हटाएपछी उनी सरकारको यस निर्णयविरुद्ध कार्कीले अदालतमा बिहिबार पेश गरेको रिट आज दर्ता भएको हो ।
आफुले नागरिकलाई शीरमा राखेर काम गर्दा सरकारले यसको उचित मुल्याङकन गर्नुको साटो पुरा कार्यकालको अवधीसम्म काम गर्ने अवसरबाट वन्चित गरी पदबाट हटाएकोमा सरकारको यस कदम विरुद्धमा उनी न्यायका लागी सर्वोच्चमा पुगेका हुन् ।












प्रतिक्रिया दिनुहोस