
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२० कात्तिक ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा यात्रु बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। दुर्घटनाका घाईतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पश्चिम नवलपरासीको सुनवलबाट रिजर्भ लिएर सुपादेउराली दर्शनका लागि छुटेको लु २ ख ३७२ नम्बरको रिजर्भ बस ब्रेक फेल भएपछि दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक लक्ष्मीप्रसाद पन्थीले जानकारी दिनु भयो । बस फर्किने क्रममा दुर्घटनामा परेको थियो ।
प्रहरी निरीक्षक पन्थीका अनुसार उक्त बसले पहिले मोटरसाइकललाई ठक्कर दिएको र त्यसपछि अनियन्त्रित भई बस सडक छेउको भित्तामा गएर बजार्रिएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको ठाडा प्राथमिक उपचार केन्द्र र स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनामा मोटरसाइकलको पछाडि सवार एक पुरुषसमेत दुर्घटनामा परी घाइते भएका छन् घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस