
नारी वाटिका डट्कम
हेटौँडा -३ मंसिर ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ हेटौँडा–भैँसे सडकखण्डमा आज भएको जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या ३ पुगेको छ । साथै उक्त दुर्घटनाा अन्य ७ जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप आज बिहान अ. ८ः३५ बजे घुम्तीको सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परी सुमो चालकसहित १० जना घाइते भएका थिए। घाइतेलाई तत्काल प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो । गम्भीर घाइते अवस्थाका ३ जनालाई अस्पताल पुर्याइएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतकहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अन्य ७ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस