
बिबियु,नारी वाटिका डट्कम
धादिङ -७ मंसिर ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रको दोस्रो पटक स्थलगत अवलोकन भ्रमणमा पुग्नु भएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढीबाट ठुलो धनजनको क्षति भएका बाढी पिडितको समस्या र भावना बुझेर आवश्यक पुर्नस्थापनाको कार्य तत्काल थालनी गर्न सरकारसंग माग गर्नु र्भएको छ ।
सभापति थापाले यसअघि पनि बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरी पिडितहरुलाई भोटेकोशी बाढीले परिवार,घर जग्गा,लगायतका सबै श्री सम्पत्ति बगायर बाँचेकाहरुको पनि निकै जटिल समस्या देखिएकोले उनीहरुको राहतका लागी सरकारले तत्कालै आवश्यक कदम चाल्नु पर्ने बताउनु भएको थियो ।
गत भदौ १० को बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकको ३ महिनापछीको अवस्था बुझ्न सम्वन्धित क्षेत्रको पुनः अनुगमनमा मंसिर ५ गतेदेखी नुवाकोट,रसुवा,धादिङलगायतको स्थलगत रुपमा पुग्नु भएका नेता थापाले पुनःनिर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नु पर्ने सरकारसंग माग गर्नु भएको हो ।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकन गर्दै उहाँले जोखिमको प्राविधिक मूल्यांकनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनःनिर्माणको कामलाई छिटो भन्दा छिटो अघि बढाउन सरकारसंग माग गर्नु भएको छ ।
उहाँले बाढी पिडितहरुले वर्षौँदेखि बसोवास गर्दै आएको पुर्ख्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुनःनिर्माण गर्न माग गरिरहेका हुनाले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिएर काम अघि बढाउनु पर्ने बताउनु भयो ।
यसैगरी सभापति थापाले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुनःनिर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई मुख्य ध्यानमा राखी सरकारले पुनःनिर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका भावना र सुझाव समेटेर पुनःनिर्माणको कामलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नु भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकनका क्रममा काँग्रेस सभापति थापाले स्थानीय तहका जनप्रतिनिधिसँग विपद्पछिको अवस्था, राहत तथा पुनःस्थापनाका काम र पुनर्निर्माणका प्राथमिकताबारे जानकारी लिनु भएको थियो ।
उहाँले प्रभावित बासिन्दासँग छलफल गर्नुका साथै उनीहरू अस्थायी रूपमा बसोबास गरिरहेका आवास केन्द्रको पनि अवलोकन पुनःनिर्माण र पुनःस्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनु पर्ने र यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताउनु भएको हो ।












प्रतिक्रिया दिनुहोस