आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुंदै

२०८३ मंसिर ७, सोमबार मा प्रकाशित ( २ मिनेट अघि) १५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -७ मंसिर ।

भारतको २ दिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री मोदीसंग भेटघाट गर्दैछन्।आइतबार भारतको दिल्ली पुगेका शाहले ताज होटल पुगेको केहीबेरमै भारतीय विदेशमन्त्री एस जयशंकर र उनीबिच शिष्टाचार भेट भएको थियो।

भ्रमणमा प्रधानमन्त्री शाहका साथ मन्त्रीहरू, उच्च सरकारी पदस्थ अधिकारीहरु,उद्योगी–व्यवसायी तथा पत्रकारसहितको ठुलो प्रतिनिधिमण्डलको टोली नयाँ दिल्लीमा छन्। नेपालमा जेनजी पुस्ताको निर्णायक आन्दोलनपछी सम्पन्न आम निर्वाचनबाट रास्वपाको वहुमत रहेको दुइ तिहाईको सरकारका प्रखुम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो राजकीय विदेशको भ्रमण हो।

भारतीय विदेशमन्त्री जयशंकरले ताज होटलमा भेटेर भ्रमणका विषयवस्तु र त्यसबाट हासिल हुन सक्ने अनुमानित उपलब्धिबारे प्रधानमन्त्री शाहसँग छलफल गरेका थिए। प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षहरु मध्यको सम्पर्क सञ्जाल (कनेक्टिभिटी) व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र नागरिक स्तरको सम्बन्धमा सहकार्यको छलफल भएको बताइएको छ।

समकक्षी एव्ं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री शाहले आज हैदराबाद हाउसमा महत्वपुर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। सोही क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल, डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयसहितको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले भारतसमक्ष उठाएका विभिन्न विषयमा सहमति जुटाउन आफ्ना भारतीय समकक्षीसँग सक्रिय रूपमा छलफलमा रहेको बताएका छन्। छलफलका क्रममा यी विषयमा आर्थिक साझेदारी, सीमा विवाद तथा सीमांकन,व्यापार, पारवहन, जलस्रोत, ऊर्जा, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुदका विषय समेटिएको बताइएको छ ।

यससंगै भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीबाट नेपालको लागी कुनै ‘सरप्राइज’ घोषणा हुने संकेत रहेको भारतीय पक्षका उच्च स्रोतले जनाएको नेपाल सरकारका एक उच्च स्रोतको भनाइ छ । नेपालले विभिन्न पूर्वाधार आयोजना निर्माण तथा भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अनुदान र सहुलियतपूर्ण ऋण वापत २ अर्ब अमेरिकी डलर उपलब्ध गराउन भारतसँग आग्रह गरेको छ।

अनुदान र सहुलियतको ऋण (लाइन अफ क्रेडिट)ले समेट्ने गरी १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक प्याकेज घोषणा गर्ने सम्भावना रहेको बताइएको छ। राष्ट्रपति कार्यालयमा सम्मान गारत ग्रहण गरेपछि दुई प्रधानमन्त्रीबीच आधा घण्टाभन्दा लामो एक्लाएक्लै वार्ता हुनेछ। दुवै नेताबीच यो पहिलो औपचारिक भेटवार्ता हो। यस्तै विभिन्न द्विपक्षीय परियोजनामा सहकार्य तथा प्रस्तावित संयुक्त दृष्टिपत्र कार्यान्वयन बारे छलफल हुने अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति निवासमा दिउँसो सवा ३ बजे राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता सकिएलगत्तै उनी आजै दिउँसो ४ बजेर ५० मिनेटमा नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑