काठमाडौं १ जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिका ११, सतुङ्गलस्थित आरआर कम्प्लेक्सको भुइँतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । बिहीबार बिहान अ.सवा पाँच बजेतिर आगलागी भएको हो । काठमाडौं प्रहरी परिसरले जनाए अनुसार छवटा दमकल र १५ वटा पानी ट्यांकरको प्रयोग गरी करिब ३ घण्टामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट के कति क्षति भयो सो को विवरण भने अझै प्राप्त भएको छैन... विस्तृतमा