आज:  | Tue, 23, Apr, 2024

मोरोक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ

३ पुष २०७७, शुक्रबार ०६:४७ मा प्रकाशित ( ३ साल अघि) १२२९ पाठक संख्या
नारी बाटिका


रबात-मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३ सय १७ जना अवैध आप्रवासीहरु पक्राउ परेका छन् ।

उनीहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरु नियन्त्रणमा लिइएको थियो ।

मोरोक्कलाई युरोप जाने माध्यमका रुपमा अफ्रिकी अवैध आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । त्यसैले मोरोक्कोबाट धेरै आप्रवासीहरु पक्राउ पर्ने गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस