आज:  | Wed, 15, May, 2024

भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीको विषयमा छलफल हुने

१४ फाल्गुन २०७८, शनिबार १८:४३ मा प्रकाशित ( २ साल अघि) ३२८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल हुने भएको छ । संघीय संसद सचिवालयले प्रकाशन गरेको भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ ।

भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।

यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस