आज: २०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता
धादिङ -५ असार ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा सावृजनिक गरेको छ । यस पटक परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित गर्न सफल भएको हो । परिक्षामा करिब ६० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

परिक्षा बोर्डले एक सुचना प्रकाशित गरी आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । सबै बोर्ड सदस्यले रिजल्ट कपीमा हस्ताक्षर गरेपछि नतिजा सार्बजनिक गरिएको हो ।

बैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा ५ हजार ३३९ विद्यालयबाट नियमित तर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । देशभरबाट ४ लाख १८ हजार ८ जना विद्यार्थीहरु सहभागि भएका थिए ।

जसमध्ये १ लाख ७२, हजार १२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीहरु सहभागि भएका थिए । यस परिक्षामा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३८ परीक्षार्थीहरुले परिक्षामा सहभागी छन् ।

यस्तै देशभरबाट १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र रहेको थियो । जसमध्य पनि काठमाडौंमा १६१ र सबै भन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो ।

विगतमा कम्तिमा पनि ३ महिनामा नतिजा सार्वजनिक हुने गरेकोमा यस वर्ष भने ३५ दिनमा नतिजा सार्वजनिक गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस