आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

बर्ड फ्लु संक्रमणपछि जावलाखेलस्थित चिडियाखाना अनिश्चितकालका लागि बन्द

२०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) २७९१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवादाता
धादिङ- ५ असार ।

हालै कुखुरा तथा जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिन थालेपछी ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना केही समयका लागी बन्द गरिएको छ । साथै जावलाखेलस्थित सदर चिडियाखानाका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएकाले चिडियाखाना तत्कालका लागि बन्द गरिएको हो।

विशेष गरी चिडियाखानामा घुम्न जाने बालबालिकाहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन समितिले शुक्रबार एक सूचना जारी गर्दै संक्रमणको जोखिमलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्म चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

सूचनामा चिडियाखाना भित्र रहेका जीवजन्तुमा बर्ड फ्लु देखिएकाले बालबालिका तथा दर्शकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै असार ५ गतेदेखि सेवा स्थगित गरिएको उल्लेख गरिएको छ।

यस्तै चिडियाखाना व्यवस्थापनले संक्रमण नियन्त्रण गर्न आवश्यक निगरानी भएपछि मात्रै चिडियाखाना पुनः सञ्चालन गरिने जनाएको छ। अर्को सूचना नआएसम्म चिडियाखाना भ्रमण नगर्न सम्वन्धित सबैमा अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस