आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

नारी जागरण केन्द्र धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान

२०७८ फागुन २०, शुक्रबार मा प्रकाशित ( ४ साल अघि) ६८६४ पटक पढिएको
नारी बाटिका


धादिङ–२३ औं स्थापना दिवस एवं ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी जागरण केन्द्र धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

आज धादिङ अस्पतालको परिसरमा सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ सम्पन्न भएको रक्तदान कार्यक्रममा १९ जना महिला र १६ जना पुरुष गरि ३५ जनाले रगतदान गरेका हुन् ।

नारी जागरण केन्द्र धादिङ र अन्तराष्ट्रिय धादिङ समाजको आयोजना नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजना, नारी बाटिका न्युज पोर्टलको सहयोग र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको प्राविधिक सहयोग रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस