
बिबियु,नारी वाटिका डट्कम
धादिङ -३० असोज ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट केन्द्रीय नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण कार्य सम्पन्न भएको छ। यस महाधिवेशनले नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनको लागि सम्पन्न चुनावको मतगणना शुक्रबार बिहान सकिएको हो।
असोज २३ गते रातिदेखि सुरु भएको सम्पूर्ण पदको मतगणनाको अन्तिम परिणाम आएसँगै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना गए राति नै सकिएको छ।
यस्तै सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खसआर्य र थारूतर्फको मतगणना पनि राति नै सकिएको थियो । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम दशैँ लगत्तै गरिने र त्यसपछि कार्य समितिको पहिलो बैठकसमेत बसिने नाम घोषणा हुन बाँकी तर विजयी भएका एक पदाधिकारीले बताए ।
नयाँ नेतृत्व चयनका लागि कांग्रेसको सम्पन्न १५ औं महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना यसअघि नै सम्पन्न भएको थियो। केन्द्रीय सदस्यका विभिन्न समूह तर्फको मतगणना पनि आज सकिएको हो ।












प्रतिक्रिया दिनुहोस