आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

कांग्रेसको १५औं महाधिवेशनमा धादिङका तीन प्रभावशाली नेताहरूको पराजयले जन्माएको गम्भीर प्रश्न

२०८३ कार्तिक १, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ३२ पटक पढिएको
नारी बाटिका


सम्पादकीय कोणबाट
भगवती उप्रेती भण्डारी
नारी वाटिका डट्कम
धादिङ -३१ असोज ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा धादिङ जिल्लाबाट सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुमध्य १२ जनाले केन्द्रीय सहमहामन्त्री,केन्द्रीय सदस्यका लागी आरक्षण तथा खुला पदमा उम्मेदवारी दिएका थिए ।

उनीहरु मध्य हालसम्म खासै पार्टीमा उल्लेखनीय योगदान नपुर्याकी नेपाल लोक साँस्कृतिक प्रतिस्ठानकी पुर्व अध्यक्ष तथा लोक कलाकार धादिङ निर्वाचन क्षेत्र नं.२ की रीता थापा मगरले जिल्लाबाट महाधिवेशन प्रतिनिधि जितकै पहिलो वर्ष .एकै पटक) केन्द्रीय सदस्यमा जित हाँसिल गरिन् ।

यस्तै,उनीसंगै धादिङ निर्वाचन क्षेत्र नं.१ की सीता थपलिया(उर्मिला)लगायत सोही क्षेत्रका पुर्व क्षत्रिय सभापति कृष्ण रीजालहरु निर्वाचित भए । तर यसै जिल्लाका काँग्रेस पार्टीका ठुला तीन नेता तथा हस्तीहरु भीमप्रशाद ढुंगाना,दीलमान पाख्रिन तामाङ र पुर्व पार्टी सभापति रमेशप्रशाद धमलाको पराजयले धादिङ कांग्रेसमा बढ्दो चिन्ता र निराशा पैदा भएको छ ।

नेपाली कांग्रेस धादिङका तीन जना प्रभावशाली नेताहरूको पराजयले आज धादिङ कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र चिन्ता पैदा गर्ने अवस्था आएको हो ।

नेपाली कांग्रेसका विशिष्ट नेताका रुपमा पहिचान बनाएका स्वर्गीय दामन पाख्रिन तामाङका छोरा दिलमान पाख्रिन तामाङ यसअघि नेपाली कांग्रेस धादिङबाट १४औँ ट केन्द्रीय सदस्यमा निर्वाचित भई पूर्व कानुन् मन्त्रीसमेत भइ सकेका नेता हुन् । उनी यस पटकको १५ औं केन्द्रीय महाधिवेशनबाट पराजित भए ।

यसैगरी,अर्का नेपाली कांग्रेस धादिङको जिल्ला पार्टी सभापतिको नेतृत्व सम्हालिसकेका तथा विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेता रमेश धमला, र धादिङ जिल्लाको साविक सात गाविस मिलेर बनेको जिल्लाकै ठुलो भौगोलिक क्षेत्र तथा जनसख्या रहेको निलकण्ठ नगरपालिकामा २ पटकसम्म सम्मानजनक मतले विजयी भई राष्ट्रिय नगरपालिका महासङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका भीमप्रसाद ढुङ्गाना जस्ता अनुभवी नेताहरूले केन्द्रीय सदस्यमा पराजय हुनु  भनेको यो सामान्न कुरा होईन ।

यी नेताहरूले वर्षौँदेखि धादिङको राजनीतिक, सामाजिक र पार्टीको सांगठनिक क्षेत्रमा पुर्‍याएका योगदान, पार्टी निर्माणमा खेलेका भूमिका र राष्ट्रिय राजनीतिमा बनाएका पहिचानलाई सामान्य रूपमा लिन सकिँदैन। उनीहरूको लामो राजनीतिक विरासत र अनुभव धादिङ कांग्रेसका लागि महत्त्वपूर्ण सम्पत्ति हो ।

यद्यपि चुनाबमा भाग लिएपछी हार जित त भई नै हाल्छ । त्यसमाथी पनि लोकतन्त्रमा निर्वाचनको परिणाम सबैले स्वीकार गर्नु पर्छ। आशा नगरिएका र पार्टीमा मात्रै नभएर जनताका मुद्धामा कुनै काम नै नगरी एकैपटक केन्द्रमा चुनाब जितेर नेता बन्नु भनेको उ व्यक्ति सफल होला तर पाटीको लागी खासै भुमिका,सहयोग,योगदान र धैर्यता नरहेको नेपालमा जेनजी आन्दोलन पछी गत फागुन २१ मा देशमा भएको आम निर्वाचनको परिणामले पुराना राजििनतिक दलहरुलाई स्पष्ट सन्देश दिई सकेको छ ।

त्यसैले पनि यो हारलाई काँग्रेसका वौद्धिक कार्यकर्ताले केवल तीन जना नेताको हार मात्र होइन, धादिङ कांग्रेसको वर्तमान अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने सन्देश पनि हो। परिवर्तन, पुस्तान्तरण र नयाँ नेतृत्वको उदय लोकतान्त्रिक प्रक्रियाका स्वाभाविक पक्ष हुन्। तर परिवर्तनका नाममा हावाका तालमा मिठा र चिप्ला कुरामा लागेर अनुभवी,पार्टी संन्चालनका मुख्य खम्बाहरु,पार्टीको भविश्यलाई नै गति दिन सक्ने नेताहरूको योगदान, संघर्ष र विरासतलाई बेवास्ता गरिँदै जाने हो भने त्यसले पार्टीभित्र गम्भीर प्रश्न मात्रै हैन संकटहरू पनि निम्त्याउन सक्छ।

नयाँ नेतृत्वको उदय हुनु सकारात्मक हो, तर पुरानो नेतृत्वको अनुभव र योगदानको सम्मान गर्नु पनि उत्तिकै आवश्यक छ। पुस्तान्तरण भनेको अनुभवी र जनताका साना देखी ठुला सवालमा काम गर्न सक्ने नेतृत्वलाई विस्थापित गर्नु होइन, अनुभव र ऊर्जाबीच समन्वय स्थापित गर्नु पनि हो।

‘एकातिर गुट बनेर आफ्ना नजिकका आसेपासे र आफ्नो स्वार्थका लागी अरुलाई गिराएर,पछारेर, उ प्रति नराम्रो धारणा फैलाएर चेप्लुसो गर्नेहरुको सल्लाहमा सही र कर्मठ कार्यकर्ताहरुलाई पार्टीभित्र कुनै पदमा आउनै नदिने”, रणनिति बनाएका नेता तथा कार्यकर्ताहरुले यदी पार्टीको भविश्य र आफ्नो पनि राजनितिक यात्राको गन्तव्यमा पुग्न अब पहिला त आफैमा आत्मसमीक्षा गर्नु पर्ने समय आएको छ ।

अर्को तर्फ पार्टी संगठनभित्रै धादिङ कांग्रेसले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।

‘आखिर लामो समय पार्टी र जनताको सेवामा समर्पित नेताहरू किन पछाडि पर्ने संकेत देखिँदै छ त ? उनीहरुको कारणले निस्वार्थ र अनवरत पार्टीको हितमा काम गर्ने कार्यकर्ताको मनोविज्ञानमा कति असर पारेको छ । के परिवर्तन आयो ‘? संगठनभित्रको एकता, नेतृत्वप्रतिको विश्वास र आगामी राजनीतिक दिशाबारे अब गम्भीर छलफल गर्न आवश्यक छ।

व्यक्ति हार्दैमा राजनीति समाप्त हुँदैन, तर पार्टी संगठनका मुख्य खम्बाहरु नै पार्टीभित्रको निर्वाचनमा पराजित हुनु भनेको यो राजनितिक भविश्यका लागी राम्रो संकेत चैँ हैन ।

योगदानको मूल्य नघट्ने भएतापनि योगदानको कुनै कदर र स्मपरण नै नगर्नु भनेको नदीले किनारलाई छोड्नै जान्छ भन्ने चैं पक्कै हो। लगातार अनुभवी नेताहरू पछाडि पर्दै जानु भनेको धादिङ कांग्रेसका लागि सोचनीय विषय अवश्य नै हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑