आज:  | Mon, 20, Jan, 2025

६५ औं राष्ट्रिय सहकारी दिवशका अवशरमा अन्र्तरकृया कार्यक्रम सम्पन्न ।

२१ चैत्र २०७८, सोमबार ०८:४३ मा प्रकाशित ( २ साल अघि) १४१२ पटक पढिएको
नारी बाटिका


नारी बाटिका समाचारदाता
२०७८ चैत २० धादिङ

६५ औं राष्टिरुय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि। को आयोजना तथा धादिङ बचत तथा ऋण सहकारी संघको प्रविधिक सहयोगमा आयोजित साकोसमा “प्रविधि र सुशासन“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्यता धादिङ बचत संघको अध्यक्ष नवराज शर्माले गर्नु भएको थियो । दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै साकोसको सुचक सदस्यको सन्तुष्टी तथा जीवन स्तरमा आएको परिवर्तन भएकोले सहकारीले सदस्यको प्रत्यक्ष जीवन यापनमा सहयोगी भूमिका खेल्नु पर्ने कुरा औलाउर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

तेसैगरी कार्यक्रमका अतिथि धादिङ जिल्ला सहकारी संघका संन्चालक सदस्य त नारी विकास साकोस अध्यक्ष भगवती उप्रेतीले सहकारी दिवसको शुभकामना व्यक्त गर्दै सहकारी अभियानले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा काम गर्नु पर्ने, राज्यले सहकारी ऐन वेला वेलामा सम्सोधन गर्ने,दर्ता गर्ने,सहकारीहरु बाट कर,अशुली गर्ने मात्रै हैन सहकारीलाई पारदर्शी,सदस्य प्रति जवाफदेही बनाउने,सेवामुलक र राज्यको ३ खम्वे निती अनुसार समुदायको आर्थिक विकासमा हातेमालो गर्दै जान सक्ने वनाउन प्रविधिमा सहयोग पुर्याउने खालको कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । तेसैगरी कार्यक्रममा सहभागी अतिथीहरु बाट सहकारी सिद्धान्त र नियम अनुसार चलेका सहकारीलाई उचित मुल्याङकन र सहकारीलाई व्यापारको हिसावमा हेरी गलत गर्ने संन्चालक र कर्मचारीलाई दण्ड सजाएँ गरी तेस्ता गलत काम गर्ने सहकारी संस्थालाई नियमन गर्नु पर्ने सुझाव व्यक्त गर्नु भएको थियो । आयोजक सस्थाकोे अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य तथा सफलताको शुभकामना दिर्दै साकोसमा नयाँ प्रविधिको विकासमा सस्थाहरु एकिकृत हुन नसक्नु,कतिपय प्रारभिम्क सहकारीमा प्रविधिक संन्चालनमा ज्ञान नहुनु चुनौती भएकोले साकोस एकतामा सम्पूर्ण अभियान कर्मीमा अव्हन गर्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन धादिङ बचत संघको व्यवस्थापक गोकर्ण दुवाडी ले गर्नुृ भएको थियो भने कार्यक्रममा १० वटा सहकारीहरुको प्रमुख एवं् प्रतिनिधीको सहभागि भएको थियो । नीलकण्ठ नगरपालिका स्थित महिला तथा विशेष गरी बचत तथा ऋण सहकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस