
नारी बाटिका
धादिङ– नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ नेकपा माओवादी केन्द्रमै फर्कनु भएको छ ।
२०७४ सालको स्थानीय चुनावमा डल्लाकोटी माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहा सोमवार मात्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाउँदै एमाले प्रवेश गर्नुभएको थियो ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो ‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ्ग र धादिङको पार्टीपंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु ।’
उहाँले आफू आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णयअनुसार निरन्तर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस