
धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित कुमाल गाउँमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ ।
सालनाल सहितको बेरिएको अवस्थामा आज शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
मृत भेटिएको शिशुको पोष्टमार्टमको लागि धादिङ अस्पताल ल्याईएको भण्डारीले बताउनुभयो । बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस